१३ भाद्र २०८३, शनिबार
,
Latest
‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब्दुल खानले उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा उम्मेदवारी दिने



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा उम्मेदवारी दिने भएका छन् ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार खानले उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापति पदमा उम्मेदवारी दिन लागेका हुन् ।

यस समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि दाबी गर्ने भएको छ । रास्वपाले उद्योग वाणिज्य तथा उपभोक्ता समितिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउँदै छ ।

मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन दर्ता हुँदैछ । समिति सभापतिको निर्वाचन भने सोमबार दिउँसो ३:०० बजेका लागि निर्धारण गरिएको छ ।