१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फर्स्ट माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदनको लागि आज अन्तिम दिन



अ+ अ-

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तको ८१ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा रहेको हो ।  

ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको उक्त कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल, नक्साल तोकिएको छ । शेयर आजको बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने छ । कम्पनीका न्यूनतम शेयर मूल्य प्रतिकित्ता रू. ३०० राखेको हुनाले १०० कित्ता वा सोभन्दा बढी मूल्य कायम गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन सक्ने छन् । 

शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीले उक्त शेयर गत चैत २३ गतेदेखि लिलामी गरेको थियो ।