२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रयान–३ को सफलतापछि यसबारे फिल्म निर्माण गर्न भारतीय फिल्मकर्मीको तछाडमछाड



अ+ अ-

एजेन्सी । भारतको ‘चन्द्रयान ३’ मिशनको सफलतापछि अहिले फिल्म इन्डस्ट्रीमा फरक प्रतिस्पर्धा छ । यो ऐतिहासिक मिसनको सफलताको कथामा फिल्म बनाउन कैयौं चलचित्रकर्मीहरु मैदानमा उत्रिएका छन् ।

कतिपय निर्माताले भने आफ्नो फिल्मको नाम दर्ता गराउन थालिसकेका छन् । यसैबीच मिशन मंगलका निर्देशक जगन शक्तिले ‘चन्द्रयान ३’ मा फिल्म बनाउने घोषणा गरेका छन् ।

अक्षय कुमार अभिनित फिल्म ‘मिशन मंगल’का निर्देशक जगन शक्तिले एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा आफू ‘मिशन मंगल’को टोलीसँग मिलेर ‘चन्द्रयान ३’ मा फिल्म बनाउने बताए ।

यद्यपि, अक्षय कुमार यस फिल्मको हिस्सा बन्ने वा नरहने भन्ने टुंगो भने भइसकेको छैन । मिशन मंगलका निर्देशकले यो अवसर नगुमाउने बताउँदै भने, ‘अहिले फिल्मको कथाबारे सोचिरहेको छु । कथामा निर्णय गर्नु अघि मेरी दिदीबाट इनपुटहरू लिनेछु । उनी इसरोका वरिष्ठ वैज्ञानिक हुन् ।’,

जगन शक्ति मात्र होइन अन्य धेरै फिल्म निर्माता र प्रोडक्सन हाउस पनि चन्द्रयान–३ मिशनमा फिल्म बनाउने दौडमा छन् । मिडिया रिपोर्टका अनुसार निर्माता र निर्माण घरहरूले फिल्मको नाम दर्ता गर्न इन्डियन मोसन पिक्चर प्रोड्युसर एसोसिएसन (IMPAPA), प्रोड्युसर्स गिल्ड अफ इन्डिया र इन्डियन फिल्म एन्ड टेलिभिजन प्रोड्युसर काउन्सिल (IFTPC) को मुम्बई कार्यालयमा आवेदन दिएका छन् । तर, यीमध्ये केही निर्माताले मात्रै यसमा फिल्म बनाउन पाउनेछन् ।

मिडियालाई दिएको अन्तर्वार्तामा IMPALA का एक अधिकारीले भने, ‘अर्को हप्ता हामी यी सबै आवेदनहरूको समीक्षा गर्नेछौं र त्यसपछि केही निर्माताहरूलाई फिल्म बनाउन अनुमति दिनेछौं, यो अनुमति हामीले वास्तविक पाएकाहरूलाई दिइनेछ ।’