४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रयान–३ को सफलतापछि यसबारे फिल्म निर्माण गर्न भारतीय फिल्मकर्मीको तछाडमछाड



अ+ अ-

एजेन्सी । भारतको ‘चन्द्रयान ३’ मिशनको सफलतापछि अहिले फिल्म इन्डस्ट्रीमा फरक प्रतिस्पर्धा छ । यो ऐतिहासिक मिसनको सफलताको कथामा फिल्म बनाउन कैयौं चलचित्रकर्मीहरु मैदानमा उत्रिएका छन् ।

कतिपय निर्माताले भने आफ्नो फिल्मको नाम दर्ता गराउन थालिसकेका छन् । यसैबीच मिशन मंगलका निर्देशक जगन शक्तिले ‘चन्द्रयान ३’ मा फिल्म बनाउने घोषणा गरेका छन् ।

अक्षय कुमार अभिनित फिल्म ‘मिशन मंगल’का निर्देशक जगन शक्तिले एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा आफू ‘मिशन मंगल’को टोलीसँग मिलेर ‘चन्द्रयान ३’ मा फिल्म बनाउने बताए ।

यद्यपि, अक्षय कुमार यस फिल्मको हिस्सा बन्ने वा नरहने भन्ने टुंगो भने भइसकेको छैन । मिशन मंगलका निर्देशकले यो अवसर नगुमाउने बताउँदै भने, ‘अहिले फिल्मको कथाबारे सोचिरहेको छु । कथामा निर्णय गर्नु अघि मेरी दिदीबाट इनपुटहरू लिनेछु । उनी इसरोका वरिष्ठ वैज्ञानिक हुन् ।’,

जगन शक्ति मात्र होइन अन्य धेरै फिल्म निर्माता र प्रोडक्सन हाउस पनि चन्द्रयान–३ मिशनमा फिल्म बनाउने दौडमा छन् । मिडिया रिपोर्टका अनुसार निर्माता र निर्माण घरहरूले फिल्मको नाम दर्ता गर्न इन्डियन मोसन पिक्चर प्रोड्युसर एसोसिएसन (IMPAPA), प्रोड्युसर्स गिल्ड अफ इन्डिया र इन्डियन फिल्म एन्ड टेलिभिजन प्रोड्युसर काउन्सिल (IFTPC) को मुम्बई कार्यालयमा आवेदन दिएका छन् । तर, यीमध्ये केही निर्माताले मात्रै यसमा फिल्म बनाउन पाउनेछन् ।

मिडियालाई दिएको अन्तर्वार्तामा IMPALA का एक अधिकारीले भने, ‘अर्को हप्ता हामी यी सबै आवेदनहरूको समीक्षा गर्नेछौं र त्यसपछि केही निर्माताहरूलाई फिल्म बनाउन अनुमति दिनेछौं, यो अनुमति हामीले वास्तविक पाएकाहरूलाई दिइनेछ ।’