काठमाडौँ । नायिका करिश्मा मानन्धरले शोक व्यक्त गरेकी छन् । उनले सामाजिक संजालमा आफ्नो प्रिय जनावर बिरालोसँगको तस्बिर राख्दै शोकका शब्द लेखेकी हुन् ।
उनले लेखेकी छन्, ''हरेकसंगको साथ एउटा निश्चित समय सम्मको लागि हुने रहेछ ।जति समय तिमी साथ थियौ ती मायलु पलहरु जीवन भर याद रहने छ !
ग्लोरी तिम्रो आत्माले शान्ति पाओस् ।''

उनले ग्लोरी प्रतिको मायाका शब्दसहित उनको आत्मा शान्तिको समेत कामना गरेकी छन् । यस भन्दा अगाडी पनि मानन्धरले घरपालुवा जनावर प्रतिको माया दर्साएकी थिइन् ।









