![](https://newspolar.com/wp-content/uploads/2023/08/366752784_712655830671874_8483406867088397234_n.jpg)
काठमाडौँ । त्रिशूली नदीमा खसेको बसबाट अहिलेसम्म १८ जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार बसको पछाडिको ९९५२ नम्बर मात्रै देखिएको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।
धादिङको गजुरी–२, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो । बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ ।
फोटो-नविन राज पौडेल