११ भाद्र २०८३, बिहीबार
,
Latest
पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोडसेडिङ अन्त्यदेखि ऊर्जा क्षेत्रको विकास प्रधानमन्त्री दाहालबाट शुरु भएको होः घिसिङ



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको अहिलेसम्म भएको विकास प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्भव भएको बताउनुभएको छ ।

मंगलबार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा लोडसेडिङ अन्त्यदेखि अहिलेसम्मको विद्युत क्षेत्रको विकासमा प्रधानमन्त्रीको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहेको बताउनु भयो ।

उहाँले १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत रुपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रुपमा प्राधिकरणलाई दिने कुरा सकारात्मक रहेको बताउनु भयो। उहाँले प्राधिकरणले उक्त परियोजना देशको समृद्धिमा ठूलो योगदान पु¥याउने गरी काम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘प्रधानमन्त्री पुष्पकमल दाहालको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लोडसेडिङ अन्त्यदेखि ऊर्जा क्षेत्रको विकास गर्न निर्देशन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सहभागिता ऊर्जा क्षेत्रको आजको अवस्थामा आएका छौं । नेपालको विद्युतीय क्षेत्र अहिले धेरै अगाडि बढेको छ । अहिले सयौं सवस्टेशन र विद्युत उत्पादन परियोजनाहरु बनि रहेको छ । अब केही समयमा धेरै सवस्टेशनहरुको उद्घाटन गर्दैछौं ।

धेरै हाइड्रोपावरहरुको उद्घाटन गर्दैछौं । १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत रुपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औचारिक रुपमा प्राधिकरणलाई दिने भन्नुभएको छ । यो परियोजनाले देशको समृद्धिमा ठूलो योगदान पुर्याउन मद्दत गर्नेछौं ।’

उहाँले नेपालको विद्युतीय क्षेत्र धेरै अगाडि बढेको बताउनु भयो । उहाँले अहिले सयौं सबस्टेशन र विद्युत उत्पादन परियोजनाहरु बनिरहेको बताउनु भयो । उहाँले अब केही समयमा धेरै सबस्टेशनहरु र हाइड्रोपावरहरु उद्घाटन हुने क्रममा रहेको बताउनु भयो ।