२१ श्रावण २०८३, बिहीबार
,
Latest
विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ स्वास्थ्य नीतिमा खाद्य स्वच्छता र निरोधात्मक विधिलाई प्राथमिकता दिन सांसद बरालको माग स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक नेपाल प्रहरी श्रीमती संघको वार्षिकोत्सवमा रक्तदान र वृक्षारोपण स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन नयाँ तलबमान लागू, सरकारी कर्मचारीले अब २९ हजारदेखि ९० हजार रुपैयाँसम्म तलब पाउने ग्वार्को फ्लाइओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ जना घाइते एसडीजीका धेरै स्वास्थ्य सूचकमा नेपाल ‘ग्रीन जोन’ उन्मुख, मातृ मृत्यु र उपचार खर्च अझै ‘रेड… नेपाल टेलिकमको घोषणा : पौष मसान्तसम्म बक्यौता तिर्दा जरिवाना माफी पेरिसमा अधिकारीका एकल काव्य साँझ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तापक्षले ध्यान नदिँदा संसद बैठक अझै सुचारु हुन सकेन: देवेन्द्र दाहाल



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तापक्षकै कारण संसद बैठक अझै खुल्ने सुनिश्चित नभएको बताउनुभएको छ ।

नेता दाहालले सुन तस्करी छानविनका लागि उच्चस्तरीय समिति बनाउने विषय सत्तापक्षकै कारण अझै निर्णयमा पुगिनसकेकाले संसद बैठक सुचारु हुने कुरा सुनिश्चिन नभएको जिकिर गर्नुभएको हो ।

मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले प्रतिपक्षलाई सत्तोसराप गर्ने काम नगर्न पनि सरकार र सत्तापक्षलाई आग्रह गर्नुभयो । समयमा आफ्नो काम नगर्ने तर प्रतिपक्षलाई सराप्ने काम सत्तापक्षले गर्न नहुने नेता दाहालको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय अध्यक्ष महोदय, झन्डै एक महिना भइसक्यो । यो सदन अवरुद्ध छ । र, यो सदन अवरुद्ध चाहीँ सत्तापक्षले नै गरेको छ भन्ने हामीले आरोप लगाएका छौं । कारण के त भन्दाखेरी अब लगभग नजिकनजिक उच्चस्तरीय छानबिन समिति बन्दैछ भन्ने कुरा सुनियो । तर पनि त्यो बनिसकेको छैन । त्यसले गर्दा सदन अझै पनि अवरुद्ध नै छ । अव त्यो के हुन्छ ? अझै भन्न सकिँदैन । सयममा हामीले ध्यान दिँदैनौं । त्यसले गर्दाखेरी प्रतिपक्षतिर फर्केर सत्तोसराप गर्ने हाम्रो एउटा प्रचलन छ । त्यसलाई अन्त्य गर्नुपर्छ भन्ने मलाई लाग्छ । सम्माननीय अध्यक्षज्यूमार्फत म यो कुरा संवद्ध सबै पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छु । ’

नेता दाहालले सरकारले समयमै ध्यान नदिँदा राष्ट्रिय महत्वका हरेक सवालहरु ओझेलमा पर्ने गरेको बताउनु भयो । बाढि, पहिरोलगायतका पीडितलाई समेत सरकारले समयमै राहत दिन नसकेकोमा उहाँको आपत्ति थियो ।