२४ पुष २०८१, बुधबार
January 8, 2025 Wednesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.17

Wind: 1.54

Humidity: 39

Latest
पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जान्छौंः अध्यक्ष सिंह सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएका छन्ः पूर्वकानूनमन्त्री शर्मा राप्तीमा ४१ गोही छोडियो एलिट कपः गुल्शनको ५ विकेटमा १२९ रनमै रोकियो मधेस इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय बन्द त्रैमासिक समीक्षाः आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री पौडेल सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउन नसक्ने अवस्था भयो: अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तापक्षले ध्यान नदिँदा संसद बैठक अझै सुचारु हुन सकेन: देवेन्द्र दाहाल



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तापक्षकै कारण संसद बैठक अझै खुल्ने सुनिश्चित नभएको बताउनुभएको छ ।

नेता दाहालले सुन तस्करी छानविनका लागि उच्चस्तरीय समिति बनाउने विषय सत्तापक्षकै कारण अझै निर्णयमा पुगिनसकेकाले संसद बैठक सुचारु हुने कुरा सुनिश्चिन नभएको जिकिर गर्नुभएको हो ।

मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले प्रतिपक्षलाई सत्तोसराप गर्ने काम नगर्न पनि सरकार र सत्तापक्षलाई आग्रह गर्नुभयो । समयमा आफ्नो काम नगर्ने तर प्रतिपक्षलाई सराप्ने काम सत्तापक्षले गर्न नहुने नेता दाहालको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय अध्यक्ष महोदय, झन्डै एक महिना भइसक्यो । यो सदन अवरुद्ध छ । र, यो सदन अवरुद्ध चाहीँ सत्तापक्षले नै गरेको छ भन्ने हामीले आरोप लगाएका छौं । कारण के त भन्दाखेरी अब लगभग नजिकनजिक उच्चस्तरीय छानबिन समिति बन्दैछ भन्ने कुरा सुनियो । तर पनि त्यो बनिसकेको छैन । त्यसले गर्दा सदन अझै पनि अवरुद्ध नै छ । अव त्यो के हुन्छ ? अझै भन्न सकिँदैन । सयममा हामीले ध्यान दिँदैनौं । त्यसले गर्दाखेरी प्रतिपक्षतिर फर्केर सत्तोसराप गर्ने हाम्रो एउटा प्रचलन छ । त्यसलाई अन्त्य गर्नुपर्छ भन्ने मलाई लाग्छ । सम्माननीय अध्यक्षज्यूमार्फत म यो कुरा संवद्ध सबै पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छु । ’

नेता दाहालले सरकारले समयमै ध्यान नदिँदा राष्ट्रिय महत्वका हरेक सवालहरु ओझेलमा पर्ने गरेको बताउनु भयो । बाढि, पहिरोलगायतका पीडितलाई समेत सरकारले समयमै राहत दिन नसकेकोमा उहाँको आपत्ति थियो ।