२१ श्रावण २०८३, बिहीबार
,
Latest
ग्यास नपाए वा कालोबजारी भए ९८५१११६७७३ मा फोन गर्न सरकारको अपिल हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापनाको एजेन्डासहित ‘जय नेपाल पार्टी’ घोषणा उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना न्यायोचित भाडादर र राइडरको हकहितका लागि ‘इन्ड्राइभ’ कार्यालय घेराउ (तस्बिरहरु) नागेन्द्र साह बने नेपाल आयल निगमका कार्यकारी निर्देशक मर्दी पदयात्राबाट फर्किने क्रममा सम्पर्कविहीन तीन युवाको सकुशल उद्धार जनकपुर यातायात कार्यालयले एक वर्षमा उठायो रु ५७ करोडभन्दा बढी राजस्व १५ भदौसम्मका लागि संसदको कार्यतालिका सार्वजनिक, १० दिन मात्र बैठक बस्ने दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० आई: नेपालले हङकङलाई हरायो



अ+ अ-

काठमाडौँ । मलेसियामा जारी महिला टी–२० आईमा नेपालले विजयी सुरुवात गरेको छ । चार देशबीचको सिरीजको पहिलो खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।

हङकङले जितको लागि दिएको ८५ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि सम्झना खड्का ३६ बल खेल्दा ५ चौका प्रहार गर्दै ३६ रनमा नटआउट रहिन् । राष्ट्रिय टिममा डेब्यू गरेकी ओपनर पूजा महतोले १६ रन बनाएर आउट भईन भने इन्दू वर्माले ९ रन जोडिन् । ओपनर विन्दू रावल शून्यमा आउट हुँदा कप्तान रूबिना क्षेत्री १० रन बनाईन् ।

त्यसअघि क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङ पाँच बल खेल्न बाँकी छदा ८४ रनमा अलआउट भएको थियो । हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झिन लायक रन बनाउन सकेनन् । हङकङको खातामा नेपालले चार अतिरिक्त रन थपेको थियो ।

बलिङमा नेपालकी सीता राना मगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् । इन्दू बर्माले २ विकेट लिईन भने कविता कुँवर र पूजा महतोले समान एक विकेट लिईन् ।

अब नेपालले भोलि कुवेत र शुक्रबार मलेसियासँग खेल्नेछ।