३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापनाको एजेन्डासहित ‘जय नेपाल पार्टी’ घोषणा

हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापनाको एजेन्डासहित ‘जय नेपाल पार्टी’ घोषणा
अ+ अ-

काठमाडौं । जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले नवगठित ‘जय नेपाल पार्टी’ले हिन्दु अधिराज्य, संवैधानिक राजसंस्थाको पुनःस्थापना र लोकतान्त्रिक प्रणालीलाई मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने घोषणा गर्नुभएको छ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जबराले पार्टीले सक्रिय राजसंस्थाको अवधारणा नल्याएको स्पष्ट पार्दै अभिभावकीय, राष्ट्रिय एकता र राष्ट्ररक्षकको भूमिकामा रहने संवैधानिक राजसंस्थाको पुनःस्थापनाको पक्षमा रहेको बताउनुभयो।

उहाँले नेपालबाट हिन्दु राष्ट्रको व्यवस्था हटाउनु गलत निर्णय भएको दाबी गर्दै त्यसलाई शान्तिपूर्ण रूपमा सडक र संसदीय दुवै माध्यमबाट पुनःस्थापना गर्ने पार्टीको लक्ष्य रहेको उल्लेख गर्नुभयो। सनातन धर्मलाई आधार बनाए पनि किराँत, बौद्धलगायत सबै धर्मावलम्बीको सम्मान गर्ने नीति पार्टीले अवलम्बन गर्ने उहाँको भनाइ थियो।

अध्यक्ष जबराले पार्टीलाई युवा र महिला केन्द्रित बनाइने जानकारी दिँदै केन्द्रीय समितिको औसत उमेर ४५ वर्ष कायम गर्ने लक्ष्य राखिएको बताउनुभयो। जिल्ला र निर्वाचन क्षेत्रबाटै प्रतिनिधित्व सुनिश्चित गर्दै संगठन निर्माण गरिने तथा निर्णय प्रक्रिया सर्वसम्मति वा आवश्यक परे बहुमतका आधारमा सञ्चालन गरिने उहाँले बताउनुभयो।

उहाँले नेतृत्वले निर्णय लाद्ने प्रवृत्तिको अन्त्य गर्दै सामूहिक नेतृत्व र आन्तरिक लोकतन्त्रलाई प्राथमिकता दिने दाबी गर्नुभयो। पार्टी कुनै एक व्यक्तिको नभई सबै सदस्यको साझा राजनीतिक संगठन हुने उहाँको भनाइ थियो।

जबराले साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिने जानकारी दिँदै पार्टीको नेतृत्व आफूले गर्ने र दुर्गा प्रसाईंलाई प्रमुख सर्वमान्य नेताका रूपमा अघि बढाइएको बताउनुभयो। पार्टीको चुनाव चिह्नबारे भने छलफल भइरहेको उहाँले जानकारी दिनुभयो।

उहाँले गाउँ तहसम्म संगठन विस्तार गरी आगामी स्थानीय तह निर्वाचनमा सहभागी हुने तयारीसमेत पार्टीले गरिरहेको बताउनुभयो।