११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ भदौसम्मका लागि संसदको कार्यतालिका सार्वजनिक, १० दिन मात्र बैठक बस्ने



अ+ अ-

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको साउन १५ देखि भदौ १५ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक तालिकाअनुसार आगामी एक महिनामा प्रतिनिधि सभाको बैठक १० दिन बस्नेछ।

कार्यतालिकाअनुसार साउनमा २२, २४, २५ र २६ गते गरी चार दिन प्रतिनिधि सभाको बैठक हुनेछ। यस्तै, भदौ १, २, ३, ८, ९ र १० गते गरी पहिलो १५ दिनभित्र थप छ दिन बैठक सञ्चालन गर्ने तयारी गरिएको छ।

संसद् सचिवालयका अनुसार यस अवधिमा विधेयकहरू पारित गर्ने, विभिन्न कानुनी प्रस्तावमाथि छलफल गर्ने तथा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्झौताहरूलाई अघि बढाउने विषयलाई प्राथमिकतामा राखिएको छ।

यसैबीच, साउन २४ तथा भदौ ४, ५, ६ र ७ गते संसदीय समितिका बैठक सञ्चालन हुने भएकाले ती दिन प्रतिनिधि सभाको पूर्ण बैठक नबस्ने कार्यतालिकामा उल्लेख गरिएको छ।

संसद् सचिवालयले संसदीय गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी र पूर्वानुमानयोग्य बनाउने उद्देश्यले यस्तो कार्यतालिका सार्वजनिक गरिएको जनाएको छ।