• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक

महिला टी–२० आई: नेपालले हङकङलाई हरायो



काठमाडौँ । मलेसियामा जारी महिला टी–२० आईमा नेपालले विजयी सुरुवात गरेको छ । चार देशबीचको सिरीजको पहिलो खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।

हङकङले जितको लागि दिएको ८५ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि सम्झना खड्का ३६ बल खेल्दा ५ चौका प्रहार गर्दै ३६ रनमा नटआउट रहिन् । राष्ट्रिय टिममा डेब्यू गरेकी ओपनर पूजा महतोले १६ रन बनाएर आउट भईन भने इन्दू वर्माले ९ रन जोडिन् । ओपनर विन्दू रावल शून्यमा आउट हुँदा कप्तान रूबिना क्षेत्री १० रन बनाईन् ।

त्यसअघि क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङ पाँच बल खेल्न बाँकी छदा ८४ रनमा अलआउट भएको थियो । हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झिन लायक रन बनाउन सकेनन् । हङकङको खातामा नेपालले चार अतिरिक्त रन थपेको थियो ।

बलिङमा नेपालकी सीता राना मगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् । इन्दू बर्माले २ विकेट लिईन भने कविता कुँवर र पूजा महतोले समान एक विकेट लिईन् ।

अब नेपालले भोलि कुवेत र शुक्रबार मलेसियासँग खेल्नेछ।