• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

कांग्रेसले दोस्रो चरणको अभियान स्थगित गर्‍यो



काठमाडौँ । नेपाली कांग्रेसले भदौ १० देखि २४ सम्मका लागि नागरिक र समुदायसँग प्रत्यक्ष जोडिने गरी सुरु गर्न लागेको दोस्रो चरणको अभियान स्थगित गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारीले दोस्रो चरणको अभियान स्थगित गर्ने निर्णय गरेको हो ।

वर्षाको समयले गर्दा अभियान स्थगित गर्ने निर्णय गरिएको सहमहामन्त्री बद्री पाण्डेले बताउनुभयो । बैठकमा मूलरुपमा दोस्रो चरणको अभियानमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

भदौ १५ भित्र भ्रातृ संस्थालाई पूर्णता दिने र विभाग गठन गर्ने पार्टीले निर्णय गरेको छ । विभाग गठनका लागि तयारीलाई निरन्तरता दिने कुरा भएको पाण्डेले बताउनुभयो ।