२१ श्रावण २०८३, बिहीबार
,
Latest
हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापनाको एजेन्डासहित ‘जय नेपाल पार्टी’ घोषणा उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना न्यायोचित भाडादर र राइडरको हकहितका लागि ‘इन्ड्राइभ’ कार्यालय घेराउ (तस्बिरहरु) नागेन्द्र साह बने नेपाल आयल निगमका कार्यकारी निर्देशक मर्दी पदयात्राबाट फर्किने क्रममा सम्पर्कविहीन तीन युवाको सकुशल उद्धार जनकपुर यातायात कार्यालयले एक वर्षमा उठायो रु ५७ करोडभन्दा बढी राजस्व १५ भदौसम्मका लागि संसदको कार्यतालिका सार्वजनिक, १० दिन मात्र बैठक बस्ने दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु ‘हेलो सरकार’मा एक वर्षमा झण्डै ७० हजार गुनासा, प्रणाली स्तरोन्नतिको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले दोस्रो चरणको अभियान स्थगित गर्‍यो



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले भदौ १० देखि २४ सम्मका लागि नागरिक र समुदायसँग प्रत्यक्ष जोडिने गरी सुरु गर्न लागेको दोस्रो चरणको अभियान स्थगित गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारीले दोस्रो चरणको अभियान स्थगित गर्ने निर्णय गरेको हो ।

वर्षाको समयले गर्दा अभियान स्थगित गर्ने निर्णय गरिएको सहमहामन्त्री बद्री पाण्डेले बताउनुभयो । बैठकमा मूलरुपमा दोस्रो चरणको अभियानमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

भदौ १५ भित्र भ्रातृ संस्थालाई पूर्णता दिने र विभाग गठन गर्ने पार्टीले निर्णय गरेको छ । विभाग गठनका लागि तयारीलाई निरन्तरता दिने कुरा भएको पाण्डेले बताउनुभयो ।