२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सत्तारुढ गठबन्धन स्वार्थका लागि होइन: वर्षमान पुन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सैद्धान्तिक कुरा मिलेका कारण नै वर्तमान सत्तारुढ गठबन्धन बनेको बताउनुभएको छ ।

सोमवार नेपाली काँग्रेसका नेता स्वर्गिय प्रदिप गिरीको प्रथम स्मृति दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषयक संवाद कार्यक्रममा बोल्दै उहाँले सैद्धान्तिक कुरा मिलेरै गठबन्धन बनेको बताउनुभएको हो । वर्तमान सत्तारुढ गठबन्धन स्वार्थका लागि नभएको उहाँले बताउनु भयो ।

उहाँले शान्ति सम्झौतादेखि संविधान निर्माण गदासम्म आइपुग्दा आफुहरुका बिचमा साझा बिन्दुहरु बनाएको बताउनु भयो । उहाँले संविाधानलाई बचाउन र सुदृढ गर्नका लागि पनि आफूहरु एकै ठाउँमा रहेको बताउनु भयो । उहाँले सामाजिक न्याय सहितको समृद्धि र आर्थिक विकासको लागि आफूहरु गठबन्धनमा सामेल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आज माओवादी, काँग्रेस हामी समकालिन केही पार्टीहरुको गठबन्धन छ । चुनावमा पनि भयौँ । सरकारमा पनि छौँ । के ले होला ? यस्तै कमन कुराहरु मिलेरै होला । सैद्धान्तिक रुपले केही कुरा मिलेर नै हामी एक ठाउँमा छौँ । मात्र यो सत्ता स्वार्थको लागि होइन । हामी फरक रुपले लड्यौँ । तर शान्ति वार्ता, शान्ति सम्झौता, संविधानसभा, संविधान निर्माण गर्दा केही साझा बिन्दुहरु बनाएका छौँ । त्यसमा हाम्रो सहकार्य हो ।

अहिले संविधानलाई बचाउने, यसलाई सुदृढ गर्ने, हाम्रो स्थापित लोकतन्त्रलाई अझ परिमार्जन गर्ने यसको जगमा आर्थिक विकास, समृद्धि जो न्यायोचित वितरण पनि होस् । समन्यायिक होस् । सामाजिक न्यायसहितको भन्नेकुरोमा कहिँ न कहीँ मिलेर नै हामी एक ठाउँमा छौँ । हामी मिलेरै केही समय यसलाई सुदृढ गर्ने, परिमार्जन गर्ने गर्नुपर्छ भन्ने नै म यहाँ राख्न चाहान्छु । आज झन्डै १७ प्रतिशत जनता अति गरिबीको रेखा मुनि रहेको अवस्था छ । झन्डै ७ प्रतिशत जनता आजपनि बिजुली पाएका छैनन् । लोडसेडिङ मुक्त छ, तर गाउँमा बिजुली छैन । हर्ष न बिस्मातको अवस्था छ । सडक, खानेपानी, शिक्षा पुगेको छैन । यसमा हामी साझा ढंगले जान सक्दैनौँ ? जान सक्छौँ । त्यसैले हामी सहकार्य गरिराखेका छौँ ।’

उपमहासचिव पुनले गाउँघरमा अझैपनि विद्युत, सडक, खानेपानी र शिक्षाको पहुँच पुग्न नसकेको भन्दै जनतामा त्यसको पहुँच पुर्‍याउनका लागि पनि मिलेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रियता, राष्ट्रिय स्वाधिनता लगायतका राष्ट्रिय अडानका विषयहरुमा दलहरुका बीचमा आपसी सहकार्य हुनुपर्ने धारणा राख्नुभयो ।