२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगः आज काठमाडौँ र धनगढी फाइनलका लागि भिड्दै



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ । यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतालाई पराजित गर्नुपर्ने छ । लिगको तेस्रो स्थानमा ललितपुर सिटी एफसी र चौथो स्थानमा बुटवल रहेको छ । 

ललितपुर र बुटवलबीचको खेलको विजेता टोलीले आज हुने खेलको पराजित टोलीसँग फाइनल प्रवेशका लागि भिड्नुपर्ने छ । दशरथ रङ्गशालामा आजको खेल साँझ साढे ५ बजे शुरु हुने छ । लिग चरणमा ६ खेलमा १३ अङ्क जोड्दै काठमाडौँ पहिलो तथा १० अङ्क जोडेर धनगढी दोस्रो भएको थियो ।