२१ श्रावण २०८३, बिहीबार
,
Latest
सुनको मोल तोलामा ८ हजारले वृद्धि उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती जमल डुबानको मुख्य कारण निकास संरचनाको कमजोर क्षमता, दीर्घकालीन समाधानका लागि नयाँ ढल प्रणाली आवश्यक नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर बने क्रिकेटर कुशल भुर्तेल एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह झापा अदालतमा सम्बन्धविच्छेदका अधिकांश मुद्दा मिलापत्रमार्फत टुङ्गिए आर्थिक विकास र सुशासनका लागि पारदर्शी लेखा परीक्षण अनिवार्यः परिसंघ अध्यक्ष पाण्डे महालेखा परीक्षकको कार्यालय निजी क्षेत्रमैत्री हुनुपर्छः अध्यक्ष अग्रवाल ‘वित्तीय ऐन–कानून परिमार्जन र बुझाइमा एकरुपता आवश्यक’: महालेखा परीक्षक राया धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार लगायो: जुन महिनामा अझै मूल्य बढ्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत भन्सार लगाएको छ ।

भारतको अर्थ मन्त्रालयले मूल्यवृद्धि नियन्त्रण गर्न र आन्तरिक बजारमा भान्साका सामग्रीहरुको सुनिश्चित गर्ने उद्देश्यले ४० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको हो ।

प्याजमा निर्यात शुल्क तत्काल लागू हुनेछ भने आगामी डिसेम्बर ३१, सन् २०२३ सम्म जारी रहने बताइएको छ । भदौमा प्याजको मूल्य निरन्तर उकालो लागेपछि निर्यातमा ४० प्रतिशत भन्सार दस्तुर लगाउने निर्णय भएको हो ।

आगामी महिना प्याजको मूल्य झनै बढ्नसक्ने तथ्यांकले देखाएको छ । अगस्टमा संघीय सरकारले मूल्य नियन्त्रणका लागि स्टक प्याज निकालेको थियो । जुन महिनामा भारतमा टमाटरको मूल्य महंगिएको थियो । भारतका प्रमुख बजारमा टमाटरको खुद्रा मूल्य प्रतिकिलो ३ अमेरिकी डलरसम्म पुगेको थियो ।

साथै टमाटरको मूल्य बढेसँगै नेपालबाट समेत टमाटर आयात गरेको भारतीय अर्थमन्त्री निर्माला सीतारमणले बताउनुभएको थियो ।