६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

तस्करीको ६० किलो सुन २४ क्यारेटको



अ+ अ-

काठमाडौँ । तस्करीको ६० किलो सुन २४ क्यारेटको पुष्टि भएको छ ।

सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले बरामद सुन  परीक्षण गर्दा २४ क्यारेटको शुद्ध पाइएको बताएको छ ।

महाशाखाले प्रवक्तामार्फत् राष्ट्र बैंक र राजस्व अनुसन्धान विभागलाई यसबारेमा जानकारी गराइसकेको एक उच्च अधिकारीले जानकारी दिए ।

राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । ब्रेक सुबाट छुट्याइएर सुन जोख्दा भने ६० किलो ७८९ ग्राम भएको थियो ।