४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरमै बनाउनुहोस् मिठो र स्वादिलो रसबरी, यस्तो छ बनाउने सजिलो तरिका



अ+ अ-

काठमाडौं । कुनै विशेष खुशीमा या खाना खाइसकेपछि विशेष किसिमका मिठाइहरु खाने चलन छ । ती मिठाइहरु मध्ये दुधबाट बनेको रसबरी धेरैजसोको रोजाइमा पर्ने गर्छ। बजारमा रसबरी किन्दा, बासी र अस्वस्थ पनि हुने हुँदा, घरमै बनाएर ताजा, मीठो र स्वस्थ्य रसबरी खान सकिन्छ ।

यसरी बनाउनु होस् रसवरी :

भाँडामा दुध तताउने ।

तताएको दुधमा कागतीको रस राखेर दुध फटाउने ।

फाटेको दुधलाई जालीमा कपडा राखेर छान्ने

अब त्यसलाई चिसो पानीले पखाल्ने ।

पखालेपछी त्यही कपडामा पोको पारेर हल्का निचोर्ने ।

निचारिसकेपछी केही छिन झुन्डाउने ।

केही छिनपछि निकाल्ने र मुछ्ने ।

मुछेर पीठोको डल्लो जस्तै बनाउने ।

चिरा नपर्ने गरि साना-साना डल्ला बनाउने ।

एउटा भाँडामा चिनी पानी पकाउने ।

त्यो चिनी पानीमा अब ती साना-साना डल्ला राख्ने ।

चिनी पानीबाट निकालिसकेपछि ५-६ घण्टा जति फ्रिजमा राख्ने ।