• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

सबै प्रकरणका फाइल खुल्नुपर्छ: महामन्त्री थापा



दमक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पुर्‍याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्नुहँुदै महामन्त्री थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानबीनको प्रक्रिया सुरु गरेकामा केही आशा जगाएको बताउनुभयो । सबै ती फाइल खोलेर अनुसन्धानको प्रक्रियालाई तीव्रता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

“विभिन्न प्रकरणमा संलग्नलाई राजनीतिक आस्थाका आधारमा नहेरी निष्पक्ष छानबीन गरी दण्डित गरिनुपर्छ”, उहाँले भन्नुभयो । चुनौतीलाई अवसरका रुपमा बदल्न कांग्रेसले अगुवाइ गर्नुपर्ने महामन्त्री थापाको भनाइ थियो । उहाँले भन्नुभयो– “२०८४ सालको निर्वाचनको चिन्ता होइन, २०८० देखिनै देशको अवस्था परिर्वतनमा हामी सबै एकभएर लागेपछि देशको मुहार फेर्न सकिन्छ ।”

केही दल आगामी आम निर्वाचनमा जित हारको मात्र चिन्ता गरेर बसेको उल्लेख गर्दै उहाँले त्यो चिन्ता पार्टीको मात्र स्वार्थ भएकाले अवसर प्राप्तिका लागि सरकार अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । महामन्त्री थापाले देशमा छाएको निराशाको मौका छोपी केही नयाँ दलले व्यापार गर्नथालेका टिप्पणी गर्नुभयो । कांग्रेसका नेता तथा कार्यकर्ता चुनावका लागि मात्र नभएर जनताको परिवर्तनको निम्ति सक्रिय भई जुट्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

पार्टी नगर सभापति अशोक बस्नेतको अध्यक्षतामा भएको उक्त सम्मेलनमा कांग्रेस झापाका सभापति देउकुमार थेवेलगायत नेताले आ–आफ्नो धारणा राख्नुभएको थियो । रासस