• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

रुसको लुना–२५ अन्तरिक्षयान चन्द्रमामा दुर्घटनाग्रस्त



एजेन्सी । रुसको लुना–२५ अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको छ । अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले शनिबार बेलुका करिब पौने ६ बजेबाट सम्पर्क टुटेको बताएको छ ।

प्रि–ल्याण्डिङ अर्बिट परिवर्तन गर्दा प्राविधिक गडबडी भएको थियो । लुना अगस्ट २१ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने थियो ।

रोस्कोस्मोसले उडान कार्यक्रम अनुसार पूर्वअवतरण कक्षमा प्रवेश गर्न आदेश दिएको थियो । नेपाली समय अनुसार शनिबार अपराह्न ४ः४५ बजे यो आदेश दिइएको हो । यस क्रममा अन्तरिक्ष यानले तोकिएको मापदण्डअनुसार थ्रस्टरलाई फायर गर्न नसकेपछि लुनामा आपतकालीन अवस्था सिर्जना भएको थियो ।

अन्तरिक्ष एजेन्सीले प्रारम्भिक विश्लेषणको नतिजाले अन्तरिक्ष यान गणना अनुसार सेट गरिएका मापदण्डहरूबाट विचलित भएको देखाएको छ । यसले गर्दा अन्तरिक्ष यान अफ–डिजाइन कक्षमा गएर चन्द्रमामा दुर्घटनाग्रस्त भयो ।

लुना–२५ अगस्ट ११ मा भोस्टोनी कस्मोड्रोमबाट सोयुज २.१बी रकेटमार्फत प्रक्षेपण गरिएको थियो । लुना–२५ सोही दिन पृथ्वीको कक्षबाट चन्द्रमामा पठाइएको थियो । यो अन्तरिक्ष यान अगस्ट १६ मा दिउँसो २ः४५ मा चन्द्रमाको १०० किलोमिटर कक्षमा पुगेको थियो ।

रुसले ४७ वर्षपछि चन्द्रमामा आफ्नो मिशन पठाएको थियो । यसअघि सन् १९७६ मा लुना–२४ मिसन पठाएको थियो । लुना–२४ लगभग १७० ग्राम चन्द्रमाको धुलो लिएर सुरक्षित रूपमा पृथ्वीमा फर्किएको थियो । अहिलेसम्म भएका सबै चन्द्रमा मिसनहरू चन्द्रमाको भूमध्य रेखामा पुगेका छन्, यो पहिलो पटक चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्न लागेको थियो ।