२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बन्द तथा समस्याग्रस्त उद्योगको आर्थिक दायित्वको व्यवस्थापन गर्दैछौँ, सञ्चालनको जिम्मेवारी नीजि क्षेत्रलाई नै दिन्छौँः अर्थमन्त्री… प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन पर्दैनः सभापति थापा कांग्रेस महाधिवेशनमा कसैलाई पनि सहभागी हुनबाट वञ्चित गरिएको छैन : सभापति थापा+ पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह बाढीपछिको खोज तथा उद्धारमा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा न्यूजिल्यान्डलाई धन्यवाद चिलिमे जलविद्युत् गृहमा फसेका कर्मचारीको उद्धारमा थप आशा, करिब १०० मिटर सुरुङ बाँकी सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण पाठ्यभार घटाउँदै एआईसम्म, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव बाबुराम भट्टराईको आह्वान : ‘किनेर खाँदा स्वदेशी स्याउ मात्रै किनौँ’ गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थानको ‘बिरामी’ टोलीले बैंगलोरलाई एलिमिनेटरमा पछार्यो



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को एलिमिनेटरमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्यो । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानले बैंगलोरलाई ४ विकेटले पराजित गरेको हो ।

यो जितसँगै राजस्थानले फाइनलतर्फ अर्को कदम अगाडि बढाएको छ । राजस्थानको जितपछि सञ्जुले आफ्नो ‘बिरामी’ टोलीले कसरी आरसीबीलाई हराएको बताए ।

खेलपछि सञ्जु सामसनले आफ्नो टिम पूर्ण रुपमा ठिक नभएको बताए । ड्रेसिङ रुममा केही समस्या रहेको उनले बताए । त्यहाँ खोकी छ र धेरै मानिसहरू अस्वस्थ छन् । उनले थप भने ‘अब हामीसँग यात्रा र आराम गर्ने दिन छ । अर्को खेलको लागि उत्साहित छौँ ।’

एलिमिनेटरमा आरसीबीलाई हराएपछि राजस्थानले सनराइजर्स हैदरावादसँग प्रतियोगिताको दोस्रो क्वालिफायर खेल्नेछ, जुन शुक्रबार मे २४ मा खेलिनेछ ।

हैदराबाद र राजस्थानबीचको दोस्रो क्वालिफायर चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुनेछ । राजस्थान र चेन्नईबीचको खेलमा जित्ने टोलीले आइतबार मे २६ मा कोलकाता नाइट राइडर्ससँग फाइनल खेल्नेछ ।




भर्खरै