२१ श्रावण २०८३, बिहीबार
,
Latest
सुनको मोल तोलामा ८ हजारले वृद्धि उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती जमल डुबानको मुख्य कारण निकास संरचनाको कमजोर क्षमता, दीर्घकालीन समाधानका लागि नयाँ ढल प्रणाली आवश्यक नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर बने क्रिकेटर कुशल भुर्तेल एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह झापा अदालतमा सम्बन्धविच्छेदका अधिकांश मुद्दा मिलापत्रमार्फत टुङ्गिए आर्थिक विकास र सुशासनका लागि पारदर्शी लेखा परीक्षण अनिवार्यः परिसंघ अध्यक्ष पाण्डे महालेखा परीक्षकको कार्यालय निजी क्षेत्रमैत्री हुनुपर्छः अध्यक्ष अग्रवाल ‘वित्तीय ऐन–कानून परिमार्जन र बुझाइमा एकरुपता आवश्यक’: महालेखा परीक्षक राया धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाई भोलि



अ+ अ-

काठमाडौँ । प्रश्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई सोमवार (भोलि) देखि शुरु हुने भएको छ ।

आईतवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाईका लागि सोमवार बिहान साढे ११ बजे बोलाउने निर्णय गरेको हो ।

सोमवार बिहान साँढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठको पनि सुनुवाई गर्ने समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले जानकारी दिनुभयो । प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठबिरुद्ध ३ वटा उजुरी परेका छन् । समितिका ज्येष्ठ सदस्य राणाले उजुरीकर्ताको उजुरीमाथि छलफल गरेलगत्तै प्रश्तावित प्रधानन्यायाधीशको पनि संसदीय सुनुवाई गर्ने समिति सचिवालयको कार्यतालिका परिमार्जनसहित पारित गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब म नेपालको प्रधानन्यायाधीशमा प्रश्तावित श्री विश्वम्भरप्रसाद श्रेष्ठको सम्बन्धमा उजुरीकर्तालाई समिति समक्ष उपस्थिति गराई वा अन्य विधिबाट उजुरीको पुष्ट्यिाँई, औचित्यता स्पष्ट पार्नका लागि आमन्त्रण गर्ने प्रश्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने र सुनुवाई प्रक्रिया सम्पन्न गर्ने लगायतका विषयहरुको सम्बन्धमा संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयको तर्फबाट प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिदिन हुन अनुरोध गर्दछु । समितिको अर्को बैठक २०८० साल भाद्र ४ गते सोमवार दिनको साढे १० बजे बस्ने गरी तय हुन्छ । भोलि साढे १० बजे उजुरीकर्तालाई आमन्त्रण गर्ने । र, साढे ११ बजे प्रस्तावित प्रधानन्यायाधीशलाई बोलाउने ।’

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेरहदका कारण गत साउन २० गते अवकाश पाएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । संसदीय सुनवाई समितिले प्रश्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।