• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाई भोलि



काठमाडौँ । प्रश्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई सोमवार (भोलि) देखि शुरु हुने भएको छ ।

आईतवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाईका लागि सोमवार बिहान साढे ११ बजे बोलाउने निर्णय गरेको हो ।

सोमवार बिहान साँढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठको पनि सुनुवाई गर्ने समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले जानकारी दिनुभयो । प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठबिरुद्ध ३ वटा उजुरी परेका छन् । समितिका ज्येष्ठ सदस्य राणाले उजुरीकर्ताको उजुरीमाथि छलफल गरेलगत्तै प्रश्तावित प्रधानन्यायाधीशको पनि संसदीय सुनुवाई गर्ने समिति सचिवालयको कार्यतालिका परिमार्जनसहित पारित गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब म नेपालको प्रधानन्यायाधीशमा प्रश्तावित श्री विश्वम्भरप्रसाद श्रेष्ठको सम्बन्धमा उजुरीकर्तालाई समिति समक्ष उपस्थिति गराई वा अन्य विधिबाट उजुरीको पुष्ट्यिाँई, औचित्यता स्पष्ट पार्नका लागि आमन्त्रण गर्ने प्रश्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने र सुनुवाई प्रक्रिया सम्पन्न गर्ने लगायतका विषयहरुको सम्बन्धमा संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयको तर्फबाट प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिदिन हुन अनुरोध गर्दछु । समितिको अर्को बैठक २०८० साल भाद्र ४ गते सोमवार दिनको साढे १० बजे बस्ने गरी तय हुन्छ । भोलि साढे १० बजे उजुरीकर्तालाई आमन्त्रण गर्ने । र, साढे ११ बजे प्रस्तावित प्रधानन्यायाधीशलाई बोलाउने ।’

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेरहदका कारण गत साउन २० गते अवकाश पाएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । संसदीय सुनवाई समितिले प्रश्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।