२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनिल शर्माले असंसदीय शब्द प्रयोग नगरेकाले रेकर्डबाट हटाउनु पर्दैन: काँग्रेस



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले पार्टी सांसद डा. सुनिल शर्माले साउन २९ गतेको प्रतिनिधि सभाको बैठकमा प्रयोग गर्नुभएको शब्द असंसदीय नभएको भन्दै संसद रेकर्डबाट हटाउनु नपर्ने बताएको छ ।

आईतवार सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन पार्टीका प्रमुख सचेतक र सचेतकहरुलाई छलफलका लागि बोलाउनुभएको बैठकपछि बोल्दै काँग्रेस सचेतक सुशीला थिङले डा. शर्माले असंसदीय शब्द प्रयोग गर्नु नभएकाले संसदको रेकर्डबाट हटाउनु नपर्ने पक्षमा काँग्रेस रहेको बताउनुभएको हो ।

उहाँले नेकपा एमालेले पनि सांसद शर्माले राख्नुभएको अभिव्यक्ति असंसदीइ नभएकाले हटाउनु नपर्ने बताउनुभएको जानकारी दिनुभयो । उहाँले सांसद शर्माले े सरकारले आतंककारीहरुको नेतृत्व गर्दै हुनुहुन्छ की, डेमोक्रेटिक सरकारको नेतृत्व गर्दैै हुनुहुन्छ, भन्ने प्रश्न गरेको र यो शब्द संसदीय रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सबैले सदन अवरुद्ध भइरहेको छ, डा. सुनिल शर्माले बोलेको विषय रेकर्डबाट हटाउनुपर्ने हो की होइन ? त्यो लिगल हो की होइन भन्ने कुरामा छलफल गरेको छौँ । प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतकले अब सरकारले उच्चस्तरीय संयन्त्र गठन नगरेसम्म अघि बढ्न सक्दैनौँ भन्नुभयो, लामो समयसम्म त सदन अवरुद्ध गर्नु हुँदैन, सुनलि शर्माजीको रेकर्ड पनि हटाउनुपर्छ जस्तो लाग्दैन भन्नुभयो ।

समिति सभापतिहरुको चयन चाँडो गर्नुपर्ने, सकेसम्म चाँडो निकास निकाल्न प्रयास गरिरहेको भन्नुभयो । संसदलाई यसरी बन्धक बनाइरहनु हुँदैन भन्नुभयो । शर्माले यो सरकारले आतंककारीहरुको नेतृत्व गर्दै हुनुहुन्छ की, डेमोक्रेटिक सरकारको नेतृत्व गर्दैै हुनुहुन्छ, भन्ने प्रश्न रहेछ । त्यसैले त्यो कुरा संसदीय मर्यादाभित्र रहेर बोल्नुभएको जस्तो लाग्यो, नेपाली काँग्रेसको सचेतक भएकाले हटाउनुपर्छ भन्ने पक्षमा छैन । माओवादीले आज कुनै कुरा राखेन ।’

सचेतक थिङले बैठकमा उच्चस्तरीय संयन्त्र गठन नगरेसम्म संसद अघि बढ्न नसक्ने कुरा प्रमुख प्रतिपक्षले राखेको बताउनु भयो । बैठकमा सभामुख घिमिरेले संसदको गतिरोध अन्त्य गर्न दलहरु मिल्नुपर्ने र समिति सभापति चाँडो चयन गर्नुपर्ने धारणा राख्नुभएको बताउनु भयो ।