• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

प्रधानन्यायाधीशको सिफारिस गैरकानुनी रहेको भन्दै सुनुवाइ समितिमा उजुरी



काठमाडौँ । प्रधानन्यायाधीशको लागि नाम सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।

कानुनी रिक्तताको अवस्थामा श्रेष्ठको नाम सिफारिस गरिएको भन्दै संवैधानिक परिषद्को निर्णय र सिफारिस गैरकानुनी रहेको ठहर गर्दै उक्त सिफारिस संवैधानिक परिषद्मै फिर्ता पठाउन माग गरिएको छ ।

गत साउन ३० गते एस के तिमिल्सिनाले गरेका उजुरीमा संवैधानिक परिषद् सम्बन्धी ऐनका केही दफा अध्यादेशबाट हटाइएको र उक्त अध्यादेश संसदबाट पारित हुन नसकेको कारण हाल कानुनी रिक्तता रहेको उल्लेख गरिएको छ ।

उनले कानुनी रिक्तताका कारण संवैधानिक परिषद्को बैठक बस्न नमिल्ने र त्यसरी बसेको बैठक संविधान र कानुन विपरीतको कार्य हुने बताएका छन् । सोहि अनुरुप गत साउन १८ गते संवैधानिक परिषद्को बैठक बसी प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गैरकानुनी भएको उजुरीमा उल्लेख गरिएको छ ।

उजुरीकर्ताले ऐन सक्रिय नरहेको र सिफारिस गैरकानुनी रहेको कारण उक्त सिफारिस संवैधानिक परिषद्मा नै फिर्ता पठाइदिन र सुनुवाइ प्रक्रियामा सहभागी नभइदिन सुनुवाइ समितिलाई आग्रह गरेका छन् ।