२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशको सिफारिस गैरकानुनी रहेको भन्दै सुनुवाइ समितिमा उजुरी



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीशको लागि नाम सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।

कानुनी रिक्तताको अवस्थामा श्रेष्ठको नाम सिफारिस गरिएको भन्दै संवैधानिक परिषद्को निर्णय र सिफारिस गैरकानुनी रहेको ठहर गर्दै उक्त सिफारिस संवैधानिक परिषद्मै फिर्ता पठाउन माग गरिएको छ ।

गत साउन ३० गते एस के तिमिल्सिनाले गरेका उजुरीमा संवैधानिक परिषद् सम्बन्धी ऐनका केही दफा अध्यादेशबाट हटाइएको र उक्त अध्यादेश संसदबाट पारित हुन नसकेको कारण हाल कानुनी रिक्तता रहेको उल्लेख गरिएको छ ।

उनले कानुनी रिक्तताका कारण संवैधानिक परिषद्को बैठक बस्न नमिल्ने र त्यसरी बसेको बैठक संविधान र कानुन विपरीतको कार्य हुने बताएका छन् । सोहि अनुरुप गत साउन १८ गते संवैधानिक परिषद्को बैठक बसी प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गैरकानुनी भएको उजुरीमा उल्लेख गरिएको छ ।

उजुरीकर्ताले ऐन सक्रिय नरहेको र सिफारिस गैरकानुनी रहेको कारण उक्त सिफारिस संवैधानिक परिषद्मा नै फिर्ता पठाइदिन र सुनुवाइ प्रक्रियामा सहभागी नभइदिन सुनुवाइ समितिलाई आग्रह गरेका छन् ।