७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

धनुषामा गतआवमा ५७ किमी सडक ढलान

धनुषामा गतआवमा ५७ किमी सडक ढलान
अ+ अ-

जनकपुरधाम। पूर्वाधार विकास कार्यालय जनकपुरधामले गत आवमा आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधारतर्फ प्रगति हासिल गरेको जनाएको छ ।

कार्यालयका अनुसार उक्त अवधिमा धनुषाका विभिन्न स्थानमा ५७ किलोमिटर सडक ढलान तथा २२ कल्भर्ट निर्माण सम्पन्न गरिएको छ । त्यसैगरी २२ दशमलव पाँच किलोमिटर सडकमा ग्राभेल र एक किमी सडक कालोपत्र गरिएको कार्यालय प्रमुख सञ्जीवकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार सोही अवधिमा सात किलोमिटर सडक मर्मत–सम्भारको काम पनि सम्पन्न भएको छ ।

निरन्तरको पहल र प्रयासपछि आर्थिक वर्ष २०८२/८३ मा जनकपुरधाममा बिपी स्मृति सभाहल तथा सबैलामा योगनारायण स्मृति सभाहल निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो ।

उक्त अवधिमा धनुषाका विभिन्न स्थानमा २२सामुदायिक भवन र दुई वटा सभाहल निर्माण सम्पन्न गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

मधेस प्रदेश सरकारद्वारा धनुषामा सञ्चालित ३२ वटा बहुवर्षीय योजनामध्ये अधिकांश योजनाको काम अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख साहका अनुसार बहुवर्षीय योजनाअन्तर्गत सञ्चालित ‘एक निर्वाचन क्षेत्र सडक कार्यक्रम’ पनि अन्तिम चरणमा पुगेको छ ।

उक्त कार्यक्रमअन्तर्गत सबै निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटर सडक निर्माण तथा कालोपत्र गरिने योजना रहेको छ ।

यसैबीच, बहुवर्षीय योजनाअन्तर्गत जनकपुरधाम उपमहानगरपालिका–१ स्थित जलाद खोलामा पुल निर्माण तथा धनुषाको भिमानदेखि महनगाछी–किसनपुरसम्म सडक कालोपत्रको काम सम्पन्न भइसकेको प्रमुख साहले बताउनुभयो ।

जनता आवास कार्यक्रमअन्तर्गत धनुषा र महोत्तरीमा सञ्चालित आवास कार्यक्रमअन्तर्गत ७९६ आवासमध्ये ६३८ आवास निर्माण सम्पन्न भइसकेको छ । बाँकी आवास सम्बन्धित अदालतमा मुद्दा विचाराधीन रहेकाले रोकिएको प्रमुख साहले बताउनुभयो ।

यस्तै धनुषामा महेन्द्र नारायण निधि विपन्न आवास योजनाअन्तर्गत धनुषामा १०५ आवासमध्ये ७१ वटा आवास भवनको निर्माण कार्य सम्पन्न भइसकेको छ । बाँकी ३४ वटा भवन निर्माणाधीन अवस्थामा रहेको प्रमुख साहको भनाइ छ ।

विपन्नसँग मदन भण्डारी विपन्न आवास योजनाअन्तर्गत धनुषामा ५५ आवास भवनमध्ये २९ वटाको निर्माण कार्य सम्पन्न भएको र बाँकी निर्माण भइरहेको प्रमुख साहले बताउनुभयो । रासस