७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
अ+ अ-

काठमाडौँ। काठमाडौँको गुह्येश्वरीमा निर्माण गरिएको गुह्येश्वरी ढल प्रशोधन केन्द्रले हाल दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन गर्न थालेको छ ।

आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्वारा निर्माण गरिएको उक्त ढल प्रशोधन केन्द्रले हाल दैनिक रुपमा तीन करोड २४ लाख लिटर ढल प्रशोधन गरिरहेको पिआइडीका प्रमुख एवम् इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माणको काम अघि बढिरहेको छ । पिआइडीले सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा समेत ढल प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । ती केन्द्रको निर्माण शीघ्र सम्पन्न हुने जनाइएको छ ।

पिआइडी प्रमुख एवम् इन्जिनियर श्रेष्ठले काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न थप ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उपत्यकाका विभिन्न ठाउँमा ढल प्रशोधन केन्द्र निर्माणाधीन अवस्थामा छन् । काठमाडौँका नदी र वातावरण सफा राख्न अझै थप यस्ता ढल प्रशोधन केन्द्र निर्माण गर्नु पर्दछ ।”

प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न ढलको पानी र बर्सातको पानीका लागि छुट्टाछुट्टै पाइप प्रणाली आवश्यक रहेको उहाँको भनाइ छ । यसका लागि स्थानीय तहसँग समेत प्रभावकारी समन्वय र आवश्यक नीति कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार पानीको चाप बढ्ने, बाटोमा भएका बालुवा, इँटा, मरेका जनावर लगायतका फोहोर प्रशोधन केन्द्रमा पुगी त्यको क्षमता घटाइदिने गरेको छ ।

ढल र बर्सातको पानी एउटै प्रणालीबाट बगाउँदा प्रशोधन केन्द्रमा अनावश्यक पानीको चाप बढ्ने भएकाले छुट्टाछुट्टै पाइप प्रणाली विकास गर्न सके ढल प्रशोधनको क्षमता र प्रभावकारिता बढाउन सकिने पिआइडीले जनाएको छ । रासस