• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप हेर्न क्यान पदाधिकारी श्रीमतीसहित उडे अमेरिका ★   बालेनले किन भने वास्तविक गणतन्त्र आउन अझै बाँकी छ ? ★   बजेटपछि केमा बढ्यो के मा घट्यो मूल्य ? ★   एमाले चितवनको अध्यक्षमा पाठक ★   कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई गण्डकीको मुख्यमन्त्री नियुक्तिको तयारी ★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत

पद्मश्री पुरस्कारका लागि दोस्रो चरणमा ५ पुस्तकको सूची सार्वजनिक



काठमाडौं । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार २०७९ का लागि दोस्रो चरणमा उत्कृष्ट ५ पुस्तकहरुको विस्तारित सूची सार्वजनिक गरेको छ ।

अघिल्लो वर्ष प्रकाशित मध्ये प्रतिष्ठानमा प्राप्त १८० पुस्तकहरुमध्ये निर्णायक समितिले गरेको सिफारिस अनुसार पहिलो चरणको उत्कृष्ट १५ पुस्तकहरुमध्ये पाँच पुस्तकलाई उत्कृष्ट संक्षिप्त सूची (सर्ट लिस्ट) निर्णायक मण्डलको सिफारिस बमोजिम सार्वजनिक गरेरिएको प्रतिष्ठानले जनाएको छ ।

विस्तारित पुस्तकको सूची यसप्रकार रहेका छन्ः

पुस्तक           लेखक
१. इजोरियाः सुबिन भट्टराई
२. ऐँठनः विवेक ओझा
३. मनुः डा. देवीप्रसाद सुवेदी
४. मफलरः प्रदीप रोदन
५. शून्यको मूल्यः डा. नवराज केसी
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति जारी गर्दै दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची चयन गरिएपछि अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने जानकारी दिएका छन् ।

प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरु मध्येबाट उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार कोजाग्रत पूर्णिमाको दिन वितरण हुने गर्दछ ।