• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

अष्ट्रेलियाको शिक्षाले नेपाललाई सकारात्मक प्रभाव पारेको छ: राजदुत भोल्क



काठमाडौं । नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाको शिक्षाले सकारात्मक प्रभाव पारेको बताउनु भएको छ ।

असोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ्स इन नेपाल (एरी नेपाल) को पाँचौ वार्षिक साधारण सभाका अवसरमा आज आयोजित समारोहमा बोल्नुहुँदै राजदुत भोल्कले नेपालमा दक्ष जनशक्तिको विकास गर्न र नेपालिको जिवनस्तर उकास्न अष्ट्रेलियाको शिक्षाले महत्वपुर्ण भुमिका खेलेको बताउनुभएको हो ।

कार्यक्रममा बोल्नुहुँदै राजदुत भोल्कले नेपाल र अष्ट्रेलियाविच सुमधुर सम्बन्धको प्रभाव नेपाल र नेपालीलाई सकारात्मक रहेको बताउनुहुँदै गुणस्तरिय शिक्षा, सिप र अनुभवको प्रयोगले जिवनस्तर उकास्न मद्यत पुगेको धारणा राख्नुभयो ।

त्यस्तै एरी नेपालका अध्यक्ष महेश बाबु तिमल्सिनाले विश्वस्तरीय अस्ट्रेलियाको शैक्षिक प्रणालीले विद्यार्थीको जीवनस्तरमा ल्याएको परिवर्तनका बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा एरी नेपालका संस्थापक अध्यक्ष द्विराज शर्माले नेपाल र नेपालीको सिप,दक्षता र क्षमता बढाउन अष्ट्रेलियाको शैक्षिक प्रणालीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।

त्यस्तै अष्ट्रेलियाको शैक्षिक प्रणाली र यसले नेपाली अर्थतन्त्रमा परेको प्रभावका बारेमा बोल्दै पूर्व बैंकर अनिल केशरी शाहले बिश्वब्यापी शिक्षा र यसको विद्यार्थीहरूको ब्यक्तित्व बिकासमा सकारात्मक प्रभाव पारेको धारणा राख्नुभयो ।

सम्मेलनमा विद्यार्थीहरूको उच्च शिक्षाका लागि मार्गनिर्देशन र अष्ट्रेलियाली शिक्षाले नेपालको अर्थतन्त्रमा पारेको प्रभावका बारेमा छलफलसमेत गरीएको थियो ।