२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाको शिक्षाले नेपाललाई सकारात्मक प्रभाव पारेको छ: राजदुत भोल्क



अ+ अ-

काठमाडौं । नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाको शिक्षाले सकारात्मक प्रभाव पारेको बताउनु भएको छ ।

असोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ्स इन नेपाल (एरी नेपाल) को पाँचौ वार्षिक साधारण सभाका अवसरमा आज आयोजित समारोहमा बोल्नुहुँदै राजदुत भोल्कले नेपालमा दक्ष जनशक्तिको विकास गर्न र नेपालिको जिवनस्तर उकास्न अष्ट्रेलियाको शिक्षाले महत्वपुर्ण भुमिका खेलेको बताउनुभएको हो ।

कार्यक्रममा बोल्नुहुँदै राजदुत भोल्कले नेपाल र अष्ट्रेलियाविच सुमधुर सम्बन्धको प्रभाव नेपाल र नेपालीलाई सकारात्मक रहेको बताउनुहुँदै गुणस्तरिय शिक्षा, सिप र अनुभवको प्रयोगले जिवनस्तर उकास्न मद्यत पुगेको धारणा राख्नुभयो ।

त्यस्तै एरी नेपालका अध्यक्ष महेश बाबु तिमल्सिनाले विश्वस्तरीय अस्ट्रेलियाको शैक्षिक प्रणालीले विद्यार्थीको जीवनस्तरमा ल्याएको परिवर्तनका बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा एरी नेपालका संस्थापक अध्यक्ष द्विराज शर्माले नेपाल र नेपालीको सिप,दक्षता र क्षमता बढाउन अष्ट्रेलियाको शैक्षिक प्रणालीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।

त्यस्तै अष्ट्रेलियाको शैक्षिक प्रणाली र यसले नेपाली अर्थतन्त्रमा परेको प्रभावका बारेमा बोल्दै पूर्व बैंकर अनिल केशरी शाहले बिश्वब्यापी शिक्षा र यसको विद्यार्थीहरूको ब्यक्तित्व बिकासमा सकारात्मक प्रभाव पारेको धारणा राख्नुभयो ।

सम्मेलनमा विद्यार्थीहरूको उच्च शिक्षाका लागि मार्गनिर्देशन र अष्ट्रेलियाली शिक्षाले नेपालको अर्थतन्त्रमा पारेको प्रभावका बारेमा छलफलसमेत गरीएको थियो ।