३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

क्यान्सर प्रतिरोधी खानेकुरा : तुलसीदेखि बेसारसम्म

क्यान्सर प्रतिरोधी खानेकुरा : तुलसीदेखि बेसारसम्म
अ+ अ-

काठमाडौं । क्यान्सर किन लाग्छ रु यसका अनेक कारण हुन्छन् । त्यसमध्ये पनि अस्वस्थ्य जीवनशैली मूख्य कारण मानिएको छ । जीवनशैली भन्नसाथ खानपान जोडिने भइहाल्यो । खानपानकै कारण क्यान्सर लाग्न सक्छ, क्यान्सर प्रतिरोधी गुण पनि खानेकुरामै हुन्छ । तर, सही खानेकुरा छनौट गर्नुपर्छ । हाम्रो भान्साकोठामा नै धेरै खानेकुराहरु छन्, जसमा क्यान्सर प्रतिरोधी गुण हुन्छ । के हुन् त ती खानेकुरा ?

तुलसी

तुलसीलाई ‘क्यान्सर किलर’ भने पनि हुन्छ । तुलसीको नियमित सेवनले शरीरका अनेक रोगहरु समाप्त हुँछन् । हरेक दिन तुलसीको २ वा ३ पत्ता खाने गर्नुस । यसबाट क्यान्सर त के ज्वरो पनि आउँदैन ।

बेसार

बेसार एउटा राम्रो एन्टिसेप्टिक हो । हाम्रो खानपिनमा बेसारको विशेष स्थान हुन्छ । यसको प्रयोग शुभ कार्यमा पनि गरिन्छ । त्यसैले यसको नियमित सेवन गर्नुस । बेसारको नियमित सेवनले क्यान्सरलाई छेउछाउ आउन दिँदैन ।

नीम

नीमलाई आयुर्वेदमा सर्वरोग नाशक भनिएको छ । नीममा क्यान्सरसँग लड्ने शक्ति पनि हुन्छ । क्यान्सरको रोगीले यदि दैनिक नीमको ८ देखि १० पत्ता खुवाउने हो भने उसको स्वास्थ्यमा चाँडै सुधार देखिन थाल्छ ।

ग्रीन टी

एन्टिअक्सिीडेन्ट गुणहरुबाट भरिपूर्ण ग्रीन टीले शरीरलाई रोग प्रतिरोधी बनाउन सहयोग गर्छ । यसमा एक किसिमको पोषण तत्व हुन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । त्यसैले क्यान्सर प्रतिरोधी खानेकुरामा ग्रीन टि मूख्य मानिन्छ ।पुरानो समयमा विभिन्न किसिमको रोगहरु उपचार गर्नका लागि चियाको साहारा लिने गरिन्थ्यो । ग्रीन टी र ब्ल्याक टीमा विभिन्न प्रकारका फाइदाजनक तत्वहरु पाइन्छ । एउटा अध्ययन अनुसार ग्रीन टीको सेवनले शरीरमा कोलोन, लिभर, ब्रेस्ट र प्रोस्टेट क्यान्सरका कोशिकाहरु बन्न पाउँदैनन् । त्यस्तै विभिन्न अध्ययनका अनुसार ग्रीन टी फोक्सो, छाला र पेटको क्यान्सरबाट पनि सुरक्षित राख्छ ।

दही

दहीले आन्द्रामा हुने क्यान्सरबाट बचाउँछ । दहीमा हुने ब्याक्टेरिया क्यान्सरबाट लड्न सहयोगी हुन्छ । यसले शरीरमा क्यान्सर बढ्नबाट रोक्छ ।

नरिवल पानी

नरिवल पानीको सेवनले आन्द्रा र कलेजोको क्यान्सरमा फाइदा मिल्छ । साथै यसले क्यान्सरको सम्भावनालाई पनि घटाउँछ । त्यसैले नियमितरुपमा नरिवल पानीको सेवन गर्नुस ।

बेल

बेलको जुस पनि क्यान्सर रोक्न प्रभावकारी हुन्छ । यसको सेवनले ब्लड क्यान्सर र हड्डीको क्यान्सरको प्रभाव कम भएर जान्छ ।

गाजर

गाजरको सेवन स्वास्थ्यका लागि जति फाइदाजनक छ । क्यान्सरको रोकथामका लागि पनि त्यत्तिकै असरदार छ । गाजललाई सलादको रुपमा खाए पनि हुन्छ, जुस बनाएर पिए पनि हुन्छ ।

लसुन

क्यान्सरको रोगहरुका लागि लसुन एउटा औखति जस्तै हो । क्यान्सरका रोगीहरुलाई यदि लसुन पिसेर पानीमा घोलेर खुवाइयो भने यसबाट क्यान्सर भएकाहरुलाई औधि फाइदा पुग्छ । क्यान्सरबाट बच्नका लागि लसुनको पानी जसले पिए पनि हुन्छ ।

टमाटर

टमाटरमा हुन प्रोटिनले शरीरमा क्यान्सरको प्रभावबाट हुने खतराहरु कम गर्छ । त्यसैले आफ्नो दैनिक खुराकमा टमाटरलाई समावेश गर्न बिर्सनु हुन्न ।

चुकन्दर

चुकन्दरको आधा कप जूस दिनमा २ देखि ३ पटक पिउँदा क्यान्सर प्रारम्भिक लक्षणमै रोकिन्छ ।

ओखर

ओखरमा विभिन्न किसिमका स्वास्थवर्द्धक तत्वहरु पाइन्छ । केही अध्ययन अनुसार ओखर खानाले स्तन क्यान्सर हुँदैन । यसबाहेक प्रोस्टेट क्यान्सरमा पनि धेरै प्रभावकारी हुन्छ । यसको साथै डीएनएको सुरक्षामा पनि यो धेरै प्रभावकारी हुन्छ ।

कागति

कागतिको रस क्यान्सर रोगीहरुका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनबाट शरीरमा क्यान्सर लाग्न पाउँदैन ।

अदुवा

अदूवाको रस दिनमा दुईपटक दुई चम्चाको मात्राले सेवन गर्दा क्यास्रबाट निक राहत प्राप्त हुन्छ ।

ब्लूबेरी

ब्लूबेरीमा विभिन्न प्रकार गुणकारी तत्वहरु पाइन्छ । यसमा फाइटोकेमिकल, एलेजिक एसिड, युरोलिथिन जस्ता विभिन्न विशेष गुणहरु पाइन्छ । यसले हाम्रो डीएनएलाई हाम्रो शरीरमा समावेश फ्रि रेडिकल्सबाट सुरक्षा प्रदान गर्छ, जसले गर्दा क्यान्सरको खतरा कम हुन्छ । ब्लूबेरीको सेवनले मुख, ब्रेस्ट, कोलोन र प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ ।

क्यानबेरि

क्यानबेरि फाइबर, भिटामिन (सी र एन्टि-अक्सिडेन्ट) को प्रमुख स्रोत हो । यसले शरीरमा उत्पन्न हुने क्यान्सरको तत्व समाप्त पार्छ ।