• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य ★   चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ ★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा ★   विदेशी पोसाकमा देखिए ‘फुलेराका गाउँलेहरू’ ★   जापानमा ‘वास्तविक छाला’ जस्तै देखिने आवरणसहितको रोवोटको निर्माण ★   ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सका जलवायुमन्त्री पक्राउ

टी–२० सिरिज वेस्ट इन्डिजले जित्यो



एजेन्सी । पाँच खेलको टी–२० सिरिजको पाँचौं र अन्तिम निर्णायक खेलमा वेस्ट इन्डिजले भारतलाई ८ विकेटले पराजित गरेको छ ।

यो जितसँगै वेस्ट इन्डिजले टी–२० सिरिज ३–२ ले कब्जा गरेको छ । फ्लोरिडाको लाउडरहिलमा खेलिएको पाँचौं खेलमा पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा नौ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

जवाफमा वेस्ट इन्डिजले १८ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो । वेस्ट इन्डिज टोलीले पहिलो दुई टी–२० जितेको थियो ।

यसपछि टीम इन्डियाले तेस्रो र चौथो टी–२० जितेर कमब्याक गर्यो । तर, पाँचौं टी–२० हारसँगै भारतीय टोलीले सिरिज पनि गुमाएको छ । वेस्ट इन्डिजका लागि निकोलस पूरन र ब्रान्डन किङले १०७ रनको साझेदारी गर्दै भारतलाई खेल र शृङ्खला जित्नबाट टाढा राखेका थिए ।

ब्रान्डन किङले ५५ बलमा ८५ रन बनाएर अविजित रहे । तर, पाँचौं टी–२० मा चार ओभरमा ३१ रन दिएर चार विकेट लिने रोमारियो शेफर्ड खेलको प्लेयर अफ दि म्याच घोषित भए । योसँगै सिरिजमा १७६ रन बनाएका निकोलस पूरन प्लेयर अफ द सिरिज घोषित भए ।

वेस्ट इन्डिजको टोलीले सात वर्षपछि भारतविरुद्धको द्विपक्षीय टी–२० सिरिज जितेको छ । पछिल्लो पटक वेस्ट इन्डिजले सन् २०१७ मा घरेलु मैदानमा भारतविरुद्धको टी–२० सिरिज १–० ले जितेको थियो । त्यसयता भारतले वेस्ट इन्डिजविरुद्धको पाँचवटा टी–२० सिरिज जितेको छ ।

२०२२ को टी–२० विश्वकपमा सुपर १२ राउन्डमा पुग्न नसकेको टोलीसँग भारतले हार ब्यहोरेको हो । २०२४ मा, टी–२० विश्वकप वेस्ट इन्डिज–अमेरिका सह–आयोजकत्वमा खेलाइनेछ । यस्तो अवस्थामा यो शृङ्खलालाई तयारीका रूपमा हेरिएको थियो तर भारत भने निराश बनेको छ ।