८ श्रावण २०८३, शुक्रबार
,
Latest
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै प्लाइउड निर्यातका अवरोध तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, विगतको आत्मसमीक्षा आवश्यक छः माधवकुमार नेपाल ऐतिहासिक तथा कलात्मक सम्पदा पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्रीको चासो प्रचण्डको टिप्पणी–‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’ मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्र लगानी गर्न तयारः निर्यात व्यवसायी महासंघ सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

८० वर्षका अमिताभ रातको ११ बजेसम्म पनि ‘केबीसी’को सुटिङ गर्छन्



अ+ अ-

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चन हाल ‘कौन बनेगा करोडपति’को १५ औं सिजनको सुटिङमा व्यस्त छन् । मेगास्टारले २० वर्षदेखि लगातार शो होस्ट गर्दै आएका छन् ।

हालै अमिताभका छोरा अभिषेक बच्चनले पनि उनको काम गर्ने शैलीको तारिफ गरेका छन् । वास्तवमा अमिताभले २ दशकभन्दा बढी समयदेखि टेलिभिजन गेम शो कौन बनेगा करोडपति होस्ट गर्दै आएका छन् । ‘बिग बी’का लागि पनि यो शो सधैं विशेष रह्यो ।

ह्युमन्स अफ बम्बेलाई दिएको एक अन्तर्वार्तामा अभिषेकले भने, ‘मेरो बुबा आजकल केबीसीको सुटिङमा व्यस्त हुनुहुन्छ । यो सत्य हो कि ८१ वर्षको उमेरमा पनि उहाँले हप्ताको ६ दिन काम गरिरहनु भएको छ । यो मेरो लागि अचम्मको कुरा हो ।’

अभिषेकले दिनभरि शोको शुटिङ सकेर बुबा अमिताभ ११ बजे घर फर्कने गरेको बताए । अभिषेकका अनुसार अमिताभ आराम लिनुको सट्टा, आफ्नो ब्लग लेख्ने र ट्विटरमा मानिसहरूलाई जवाफ दिन जारी राख्छन् ।