• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

के तपाईको घरमा पनि नकारात्मक उर्जा छ ? यी उपायहरु अपनाउनुहोस्



सांकेतिक तस्बिर

एजेन्सी । कालो जादू गर्ने चलन शताब्दीयौंदेखि चलिआएको पाइन्छ । आज पनि कालो जादूमा विश्वास गर्नेहरु धेरै छन् । कालो जादू एक गोप्य तरिकाले गरिन्छ, जुन प्रायः कसैलाई नियन्त्रण गर्न वा शत्रुलाई जित्न प्रयोग गरिन्छ ।

तन्त्र शास्त्रका अनुसार यदि व्यक्तिको जीवनमा निरन्तर धन हानि, मानसिक तनाव, डर, रोग, डिप्रेशन आदि हुन्छ भने यसले तपाई वा तपाईको परिवारमा नकारात्मक ऊर्जाको बास रहेको संकेत गर्छ । यि कुराहरुले लामो समय सम्म पनि साथ छोड्दैनन् भने यो टुना–मुनाको संकेत हुन सक्छ भन्ने बुझ्नुपर्छ ।

घरमा अचानक नकारात्मकता बढेपछि मानिसलाई अनेक किसिमका समस्याले घेरेको हुन्छ । घरमा लगाएको तुलसीको बिरुवा अचानक सुक्न थाल्दा वास्तु दोष र नकारात्मक ऊर्जा घरमा बस्ने विश्वास गरिन्छ । घरको आँगनमा मरेको चरा झर्नु पनि कालो जादुको प्रभाव हुन सक्छ ।

यसबाट छुटकारा कसरी पाउने ?
सुन्दरकाण्डको पाठ गर्नुपर्छ । सत्यनारायणको कथा पूर्णिमाको दिन गर्नुपर्छ । यसले नकारात्मक ऊर्जाको प्रभाव समाप्त हुन्छ ।

पहेंलो तोरी, लोबान, गोघरिट मिसाएर धूप बनाउनुहोस् । अब यो धूप सूर्यास्तभन्दा माथि राख्नुहोस् र २१ दिनसम्म धूप दिनुहोस् ।

नुन वा फिटकरीको टुक्रा पानीमा हालेर पोछा लगाउनुस् । यसो गर्दा नकारात्मक उर्जा हट्छ ।

कालो जादूबाट छुटकारा पाउन रुद्राक्ष धारण गर्नुपर्छ ।