३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरणः दुई चिनियाँ नागरिकलाई छाडियो



अ+ अ-

काठमाडौँ । एक सय किलो सुन तस्करी प्रकरणमा गत समातिएका दुई चिनियाँ नागकिरलाई प्रहरीले रिहा गरेको छ । सुन तस्करीमा संलग्न भएको आशङ्कामा समातिएका उनीहरु संलग्न भएको नदेखिएकाले छाडिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताउनुभयो ।

“उनीहरुको नाम मिल्दो जुल्दो भएकाले अध्यागमन विभागले नियन्त्रणमा लिएर सिआइबीमा बुझाएका थियो, तर अनुसन्धान गर्दा उनीहरु त्यसमा संलग्न नभएको पाइएपछि छाडिएको हो”, प्रवक्ता कडायतले बताउनुभयो । रिहा हुनेमा ली जियालिङ र लिउ फुयान रहेका छन् ।

शुक्रबार बिहान हिमालय एयरको उडानबाट चीन जान लागेका बेला उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । त्यसअघि पक्राउ परेकाहरु भने प्रहरी हिरासतमै रहेका छन् । उनीहरुमाथि अनुसन्धान जारी रहेको जनाइएको छ ।

हङकङबाट ल्याइएको करिब एक सय किलो सुन साउन ३ गते राजस्व अनुसन्धान विभागको टोली नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि अहिले उक्त प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।