९ श्रावण २०८३, शनिबार
,
Latest
न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरणः दुई चिनियाँ नागरिकलाई छाडियो



अ+ अ-

काठमाडौँ । एक सय किलो सुन तस्करी प्रकरणमा गत समातिएका दुई चिनियाँ नागकिरलाई प्रहरीले रिहा गरेको छ । सुन तस्करीमा संलग्न भएको आशङ्कामा समातिएका उनीहरु संलग्न भएको नदेखिएकाले छाडिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताउनुभयो ।

“उनीहरुको नाम मिल्दो जुल्दो भएकाले अध्यागमन विभागले नियन्त्रणमा लिएर सिआइबीमा बुझाएका थियो, तर अनुसन्धान गर्दा उनीहरु त्यसमा संलग्न नभएको पाइएपछि छाडिएको हो”, प्रवक्ता कडायतले बताउनुभयो । रिहा हुनेमा ली जियालिङ र लिउ फुयान रहेका छन् ।

शुक्रबार बिहान हिमालय एयरको उडानबाट चीन जान लागेका बेला उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । त्यसअघि पक्राउ परेकाहरु भने प्रहरी हिरासतमै रहेका छन् । उनीहरुमाथि अनुसन्धान जारी रहेको जनाइएको छ ।

हङकङबाट ल्याइएको करिब एक सय किलो सुन साउन ३ गते राजस्व अनुसन्धान विभागको टोली नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि अहिले उक्त प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।