४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको लागि अन्तिम टोली घोषणा गरेको छ ।

यसै महिना अन्तिममा मलेसियामा हुने प्रतियोगिताको लागि क्यानले रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा रुविना क्षेत्री(कप्तान), सीता रानामगर, ईन्दू बर्मा, विन्दू रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुबी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य र खुसी डङ्गोल रहेका छन् ।

युवा अलराउन्डर पुजा महतो, विकेटकिपर रुवी पोदार र लेग स्पिनर खुशी डंगोल भने पहिलो पटक टोलीमा परेका हुन् ।

आइसिसी महिला विश्वकप टि–२० एसिया क्षेत्र छनोट मलेसियामा अगष्ट ३१ देखी ९ सेप्टेम्बर सम्म हुनेछ । प्रतियोगिताको समूह ए मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् भने समूह बी मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार छन् ।