१८ भाद्र २०८३, बिहीबार
,
Latest
रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेपाङ सङ्घको राष्ट्रिय महाधिवेशन सुरु



अ+ अ-

चितवन । नेपाल चेपाङ सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन यहाँ सुरु भएको छ । महाधिवेशनको बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नुभएको हो ।
 
मुख्यरुपमा बागमती प्रदेशमा सीमान्तकृत यस समुदायको बसोबास रहेको छ । मुख्यमन्त्री पाण्डेले यो समुदायको उत्थानमा लाग्नुपर्ने बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय निकायले चेपाङका समस्या पहिचान गरी समाधानतर्फ जानुपर्नेमा उहाँको जोड थियो ।
 
कार्यक्रममा सङ्घका अध्यक्ष जीतेन्द्र चेपाङले आफ्ना समस्याका बारेमा प्रकाश पार्नुभएको थियो । महाधिवेशन बन्दसत्र आज चल्दै छ । बन्दसत्रले ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । विधानअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष एक/एक तथा सचिव दुई जना गरी सात सदस्यीय पदाधिकारी चयन हुनेछ ।
 
महाधिवेशनमा चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ र लमजुङका २५७ प्रतिनिधि सहभागी भएको आयोजकले जनाएको छ । सङ्घका बागमती प्रदेश सचिव लक्ष्मण चेपाङका अनुसार नेपालमा चेपाङको जनसङ्ख्या ६८ हजार रहेको छ । पहाडी क्षेत्रमा बसोबास गर्ने उनीहरु धेरैको आफ्नै लालपुर्जा छैन । भूमिहीन धेरै रहेको भन्दै उहाँले धेरै समस्याबाट गुज्रिएको बताउनुभयो ।