• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ? ★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् !

संसद्को अवरोध खुलाउन बालुवाटारमा तीन दलको बैठक जारी



फाईल फोटो

काठमाडौँ । संसद्को अवरोध खुलाउन प्रमुख तीन दलका शीर्ष नेताहरु बैठक बसिरहेका छन् ।

आज बिहान ११ बजेदेखि बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी रहेका छन् ।

सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै संसदमा अवरोध गर्दै आएको छ । संसद खुलाउनका लागि सोमबार र मंगलबार भएका दलहरुबीचको छलफल भएको थियो ।

मंगलबार सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले सदनमा जवाफ दिनेभएपछि एमाले बैठकको लागि राजि भएको थियो । तर सुन प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग अघि सार्दै एमालेले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेको थियो ।