• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’

काठमाडौं उपत्यकामा बाढीपहिरोमा फसेका १७ जनाको उद्धार



काठमाडौँ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा आएको बाढी र पहिरोमा फसेका १७ जनाको उद्धार गरिएको छ ।

काठमाडौं उपत्यकाका एसएसपी दिनेशराज मैनालीको अनुसार उपत्यकाभित्र विभिन्न ठाउँमा बाढी तथा पहिरोमा फसेका १७ जनाको उद्धार गरिएको हो ।

अविरल वर्षाका कारण उपत्यकाका विभिन्न ठाउँमा बाढी पस्नुको साथै केहि स्थानमा पहिरोले संरचनाहरूमा समेत क्षति पुर्याएको छ । कागेश्वरी मनोहरा नगरपालिका-७ मा पहिरोले टहरा भत्किँदा १६ वर्षीया किशोरी घाइते भएकी छन् । उनको उद्धार गरी केएमसी अस्पतालमा लगिएको एसएसपी मैनालीले जानकारी दिए ।

त्यस्तै बागमती किनारको सुन्दरीघाट सुकुम्बासी बस्तीबाट ११ जना र त्रिपुरेश्वरस्थित टहरामा बसेका दुई जनाको उद्धार भएको छ ।

ललितपुरको सानेपास्थित कालोपुलमुनि जेसिबी डुबानमा पर्दा चालकको उद्धार गरिएको एसएसपी मैनालीले बताए । यस्तै, भक्तपुरको हनुमन्ते खोला राममन्दिर नजिकै पानीमा फसेका तीन जना, मूलपानीमाअलपत्र परेका दुई जनाको उद्धार गरिएको छ ।