• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’



काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई संसद्मा कसलाई बोल्न दिने र कसलाई बोल्न नदिने भन्ने निर्णय पार्टीबाट गर्नु कुन लोकतान्त्रिक अभ्यास हो भन्दै प्रश्न गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई प्रश्न गरेका हुन् ।

आश्चर्यको विषय आफूलाई लोकतान्त्रिक भन्ने दलले सदनमा सांसदलाई बोल्न दिने कि नदिने भन्ने निर्णय आफ्नो दलको निर्णयबाट गर्ने रहेछ । कांग्रेसले सदनमा अर्को पार्टीको सांसदलाई बोल्न दिने निर्णय गर्‍यो भन्नेजस्ता विषय सुनियो । त्यस्तो निर्णय भएछ । त्यो लोकतन्त्रको कुन अभ्यास हो ?’ लामिछानेले भने ।