५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँँग्रेसले संसदीय छानविन समितिमा सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर जानुपर्ने अडान लिएको छ ।

आईतवार दिनभर बसेको संसदीय छानविन समितिको कार्य क्षेत्रको विषयमा सहमती जुटाउने बसेको कार्य दलको बैठकमा काँग्रेसले आफ्नो पुरानै अडान यथावत राखेपछि सहमती जुट्न नसकेको हो ।

तर नेताहरुले फेरि आजै साँझ बैठक बस्ने र सहमती जुटाउन प्रयास गर्ने बताएका छन । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउने आफूहरुको अडानमा सत्तापक्ष सहमत नभएको बताउनु भयो । उहाँले पुन: छलफल गरी सो विषयलाई टुंगो लगाउन आफूहरु प्रयासरत रहेको पनि बताउनु भयो ।

सहमहामन्त्री परियारले भन्नुभयो, ‘विगत लामो समयदेखि नेपाली काँगेसले संसदमा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलन गरेको विषयमा संसदमा हामीले विविध ढंगबाट आवाज उठाउँदै आएका थियौं । उक्त विषयमा दलहरुका बीचमा छानविन समिति गठनगर्ने भन्ने एउटा सम्झदारी अनुरुप एउटा जुन कार्यदल बनेको थियो । कार्यदलको बैठक आज बिहान झन्डै नौ बजेदेखि हामी बसेका छौं । र कार्यदलले तयार पार्नुपर्ने टिओआरका बारेमा विभिन्न ढंगबाट छलफलहरु चलिरहेको छ । र कार्यदलले जो टिओआर अन्तिम टुंगोमा पुर्‍याउन सकिरहेका छैन । अहिले पनि विभिन्न कोणहरुबाट छलफलहरु भएका छन । त्यसमा हाम्रो पाटी नेपाली काँग्रेसका तर्फबाट राख्नुपर्ने अडानहरु पनि हामीले राखेका छौं । र सत्तापक्षबाट पनि आफ्नो विचारहरु राख्ने क्रम जारी छ । मुख्यकुरा के भन्छु भने मैले अहिले यो अडानका कुरा भन्नु भन्दा पनि छलफल सकारात्मक ढंगले अगाडि बढेकै छ । र हामी यो समस्यालाई टुंगोमा पुर्‍याउनका लागि प्रमुख प्रतिपक्ष दलको हिसावले हामी पनि लागिरहेका छौं ।

मलाई जहाँसम्म लाग्छ, यस विषयमा अव संसद साढे ४ बजे शुरु हुन थालेको छ । संसदमा उहाँले बोल्ने कार्यक्रम पनि तय भईसकेको छ । त्यसकारण हामी यो संसद पछि पनि फेरि बस्ने गरी उठेका छौं । हाम्रो छलफल सकारात्मक रुपमा अगाडि बढेको छ । नेपाली काँग्रेसले संसदमा जुन अडान लिएको थियो कि छानविनको दायरामा माननीय गृहमन्त्री पर्नुपर्छ भन्ने जो अडान थियो, त्यो कुरामा हामी यथावत छौं । यसका उहाँहरुको कुरा अहिलेसम्म के आएको छ भने माननीय रवि लामिछानेको नामै राखेर वा तोकेर नै छानविन समिति बनाउँदा त्यति उपयुक्त हुँदैन । बरु सहकारीका बारेमा, कुन कुन सहकारीका बारेमा, वचतकर्ताहरुको बारेमा जे समस्या आएको हो, त्यस विषयमा छलफल गर्न सकिन्छ । तर नामै राख्ने कुरा उपयुक्त हुँदैन भन्ने उहाँहरुको भनाई छ । उहाँहरु सहकारीको नाम राखेर जाने कुरामा चाहीँ सकारात्मक देखिनुभएको छ । त्यसैले यो विषयमा अहिले पनि छलफल मा नै छ । हामीले चाँही छानविनको दायरामा ल्याउनुपर्ने मान्छेको नै विषयमा कुरा नआउने हो भने त्यो उपयुक्त हुँदैन भन्ने कुरा चलिराखेको छ । यसको बीचको बाटो के हुनसक्छ ? भनेर हामी छलफलमा छौं । संसद बैठक सकिएलगत्तै फेरी बैठक बस्नेगरी हामी उठेका छौं ।’