२२ पुष २०८१, सोमबार
,
Latest
दक्षिण अफ्रिका १० विकेटले विजयी पूर्वनगरप्रमुख शिवाकोटी पुर्पक्षका लागि कारागार चलान सवारी साधनको भाडादर तीन दशमलव ३० प्रतिशत वृद्धि (रेट सहित) कुलमानलाई कारबाहीको अर्को प्रयास, ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ: अध्यक्ष ढकाल गोरखा राज्यका विसर्जकलाई किन चिन्ने ? एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि बस्ने ‘लङ डिस्ट्यान्स रिलेशनसिप’लाई बलियो बनाउन चाहनुहुन्छ भने भुलेर पनि नगर्नुहोस् यी ५ गल्ती खराब समय चलिरहेको छ भने पर्समा राख्नुहोस् यी ३ चिज पुरूषहरुले सुधार्नै पर्ने सात बानीहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा बाढीपहिरोमा फसेका १७ जनाको उद्धार



अ+ अ-

काठमाडौँ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा आएको बाढी र पहिरोमा फसेका १७ जनाको उद्धार गरिएको छ ।

काठमाडौं उपत्यकाका एसएसपी दिनेशराज मैनालीको अनुसार उपत्यकाभित्र विभिन्न ठाउँमा बाढी तथा पहिरोमा फसेका १७ जनाको उद्धार गरिएको हो ।

अविरल वर्षाका कारण उपत्यकाका विभिन्न ठाउँमा बाढी पस्नुको साथै केहि स्थानमा पहिरोले संरचनाहरूमा समेत क्षति पुर्याएको छ । कागेश्वरी मनोहरा नगरपालिका-७ मा पहिरोले टहरा भत्किँदा १६ वर्षीया किशोरी घाइते भएकी छन् । उनको उद्धार गरी केएमसी अस्पतालमा लगिएको एसएसपी मैनालीले जानकारी दिए ।

त्यस्तै बागमती किनारको सुन्दरीघाट सुकुम्बासी बस्तीबाट ११ जना र त्रिपुरेश्वरस्थित टहरामा बसेका दुई जनाको उद्धार भएको छ ।

ललितपुरको सानेपास्थित कालोपुलमुनि जेसिबी डुबानमा पर्दा चालकको उद्धार गरिएको एसएसपी मैनालीले बताए । यस्तै, भक्तपुरको हनुमन्ते खोला राममन्दिर नजिकै पानीमा फसेका तीन जना, मूलपानीमाअलपत्र परेका दुई जनाको उद्धार गरिएको छ ।