२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकप फुटबल : डिफेन्डिङ च्याम्पियन अमेरिका पराजित



अ+ अ-

काठमाडौं: विश्वकप महिला फुटबल अन्तर्गत आज अस्ट्रेलियाको मेलबोर्नमा सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन संयुक्तराज्य अमेरिका पराजित भएको छ ।

संयुक्तराज्य अमेरिका स्वीडेनसँग पेनाल्टी सुटआउटमा पराजित भएको हो । निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको खेलमा पनि दुबै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा स्वीडेनले ५–४ गोल अन्तरले खेल जितेको हो । पहिलो पाँच सुटआउटमा ३–३ गोल भएको थियो । तर अन्तिम बलमा स्वीडेनकी लिना हर्टिगले गरेको गोल भार (तेस्रो अम्पायर) ले स्वीकृत गरेपछि स्वीडेन विजयी भयो ।

संयुक्तराज्य अमेरिकाका तीन खेलाडीले पेनाल्टीमा गोल गर्न सकेका थिएनन् भने स्वीडेनका दुई खेलाडी असफल भएका थिए । यो जितसँगै स्वीडेन भने क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
यो हारसँगै लगातार दोस्रो पटक विश्वकप जित्ने अमेरिकाको सपना चकनाचुर भएको छ ।

यसअघि आजै भएको पहिलो खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । एजेन्सी

United States' Sophia Smith and Sweden's goalkeeper Zecira Musovic collide during the Women's World Cup round of 16 soccer match between Sweden and the United States in Melbourne, Australia, Sunday, Aug. 6, 2023. (AP Photo/Scott Barbour)




भर्खरै