४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेम्टेम्बर तेस्रो वा चौथो हप्तामा प्रधानमन्त्रीको चीन भ्रमण हुन्छ: परराष्ट्रमन्त्री



फाईल फोटो
अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका लागि तयारी भइरहेको बताउनुभएको छ । आइतबार कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीको भ्रमण सेप्टेम्बर तेस्रो वा चौथो हप्तातिर गर्नेगरी तयारी गरिरहेको जानकारी दिनुभयो ।

छिमेकी देशहरुका साथै नेपालसँग मैत्रीपूर्ण सम्बन्ध भएका जापान, अमेरिका र युपियन युनियनहरुसँगको मित्रवत् सम्बन्धलाई पनि निरन्तरता दिने पक्षमा सरकार रहेको उहाँको भनाइ थियो ।

मन्त्री साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडि बढाएको भन्दै परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको उल्लेख गर्नुभयो । विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन आएको भन्दै वर्तमान सरकारले सम्बन्धलाई सन्तुलित बनाइरहेको पनि उहाँले बताउनुभयो ।

सरकारले बायोमेट्रिक लगायतका कामहरु सरकारको एक कार्यालयमा गरेपछि पुग्ने व्यवस्थाका लागि छलफल गरिरहेको जानकारी दिँदै मन्त्री साउदले सरकारी कार्यालयपिच्छे बायोमेट्रिक गर्नुपर्ने अवस्थाले आर्थिक र समय धेरै लाग्ने गरेकाले यसको अन्त्य गर्नका लागि आफू लागिपरेको बताउनुभयो ।