२० श्रावण २०८३, बुधबार
,
Latest
एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन अघि बढ्यो इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया, जायज माग मात्रै सम्बोधन गर्न… अनि हुन्छ… जमल जलमग्न धनुषामा सम्बन्धविच्छेदका घटना बढे कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ न्यायपालिकाको गरिमा र कार्यशैलीमाथि प्रश्न उठ्नु चिन्ताको विषयः सांसद विश्वकर्मा न्यायपालिकालाई कार्यपालिकाको बन्दी बनाउन खोजियोः सांसद साजिदा खातुन सिद्धिकी समितिको कार्यशैलीप्रति आपत्ति जनाउँदै काँग्रेस सांसद गुरुङले भनिन्ः समिति सभापतिको भुमिका सरकारको प्रवक्ता जस्तो भयो न्यायपालिकाको स्वतन्त्रतामाथि देखिएका चुनौतीबारे अन्तर्राष्ट्रिय चासोलाई गम्भीरतापूर्वक लिन सरकारलाई सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा पूर्वभारतीय क्रिकेटर पालशिकर नियुक्त



अ+ अ-

काठमाडौँ । पूर्व भारतीय क्रिकेटर देवीका पाल्सिकर नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छिन्।

नेपाल क्रिकेट संघ (क्यान) ले ४४ वर्षीया पालशिकरलाई नेपालको सिनियर राष्ट्रिय महिला टोलीको ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको हो ।

पालशिकर नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकका रुपमा नियुक्त हुने पहिलो विदेशी हुन् । अलराउन्डर पाल्सिकरले भारतको सिनियर राष्ट्रिय टोलीबाट टेस्ट र एकदिवसीय दुबै प्रतियोगिता खेलेकी छन् ।

पछिल्लो १० वर्षयता प्रशिक्षकको भूमिकामा सक्रिय रहेकी पालशिकरको ब्याटिङ प्रशिक्षकमा नेपाली खेलाडीको क्षमता अभबृद्धिमा मद्दत पुग्ने क्यानले विश्वास लिएको छ ।

पछिल्लो समय नेपालले टी–२० विश्वकपको एसियाली छनोटको तयारी गरिरहेको छ। अगस्त २८ देखि सेप्टेम्बर ६ तारिखसम्म मलेसियामा आयोजना हुने उक्त प्रतियोगितामा नेपालसहित ११ राष्ट्रको सहभागिता रहने छ ।