१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टुः नेपालले आज युएईको सामना गर्दै



अ+ अ-

काठमाडौं ।‘आईसीसी क्रिकेट विश्वकप लिग टु’को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज (शुक्रबार) यूएईविरुद्ध खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेल युएईविरुद्ध उसको मैदान सारजाहमा खेल्न लागेको हो ।

युएई र नेपालबीचको खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २ विकेटले हराएको नेपाल युएईलाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । यता, युएई पनि लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा युएईले पीएनजीलाई नै ७ विकेटले पराजित गरेको थियो । नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियमा ४ पटक भिडेका छन् ।

जसमा नेपाल र यूएई दुवै समान २/२ पटक विजयी बनेका छन् । ‘लिग टु’ मा नेपालसहित कुल ७ टिम सहभागि छन् । नेपालले ९ खेलमा १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ भने यूएई १५ खेलमा ८ जितसहित १८ अंकका साथ दोस्रो स्थानमा छ ।