२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय हितको लागि सरकारसँग मिलेर जान तयार छौँ: अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको लागि आफ्नो पार्टी सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

नेपालको परराष्ट्र नीति सम्बन्धी अन्तक्रिया कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले राष्ट्रिय हितमा जुनसुकै दलले ल्याएका कुराहरूमा पनि एमालेको समर्थन रहने बताएका हुन् ।

ओलीले सरकारले मनपरी गर्दै जाने र देशको अहित हुने निर्णय तथा सन्धि सम्झौता गर्ने विषयलाई भने आफूहरुको समर्थन नरहने बताए ।

सरकारले छिमेकी देशहरूसँग गर्ने सम्झौताका विषयमा सबैले थाहा पाउनुपर्ने भएपनि त्यो परम्परा नभएको उल्लेख गर्दै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका समयमा राष्ट्रहित भन्दा पनि सत्ता स्वार्थका लागि सम्झौता भएको आरोप लगाए ।

उनले प्रधानमन्त्रीले इपीजी प्रतिवेदन, सीमाक्षेत्रका विषयमा कुरा उठाएर समाधानका लागि पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको आरोप लगाए ।